उदयपुर क्षेत्र नम्बर २बाट निर्वाचित माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल)। तस्बिर: देश सञ्‍चार

गाईघाट- बम विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर २का उम्‍मेदवार नारायण बहादुर कार्की पराजित भएका छन्।

कार्कीका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल)सँग ७ हजार १ सय ६ मत अन्तरले पराजित भएका हुन्।

कार्कीले १५ हजार ४ सय ४५ मत प्राप्त गरे भने माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल) ले २२ हजार ५ सय ५१ मत प्राप्त गरी निर्वाचित भए।

यसअघि कार्की चुनाव प्रचारका क्रममा बम आक्रमणमा परि घाईते भएर त्रिवि शिक्षण अस्पताल महाराजगन्ज‍मा उपचार गराई रहेका छन् ।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्