ओलीको जित सुनिश्चित

केपी शर्मा ओली।
विर्तामोड- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ । झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष ओलीको मत गणना सम्पन्न हुनु अगावै जित निश्चित देखिएको हो ।
१ लाख ३७ हजार ५१४ मतदाता रहेको झापा ५ मा ९३ हजार ४८ मत खसेको थियो । जसमा ७० हजार २ सय ९ मत गणना भईसक्दा ओलीले ४१ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका डा. खगेन्द्र अधिकारीले २० हजार ८ सय ३८ मत प्राप्त गरेका छन् ।
करीब २० हजार मत मात्र गणना गर्न बाँकी रहेको बेला २० हजार ८ सय ५७ मतान्तर भईसकेकोले एमाले अध्यक्ष ओलीको जित निश्चित भएको हो।