अारजु हार्ने निश्चित

आरजु राणा। फाइल तस्बिर

धनगढी- प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसबाट  कैलाली ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजु देउवा पराजित हुने निश्चित भएको छ।

बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले ३ हजार ५५ मत गणना हुन बाँकी रहँदा ४ हजार ८८ मतले अग्रता लिएपछि आरजुको पराजय निश्चित भएको हो।

५८ हजार ८ सय ७९ मत गणना हुँदा रानाले २५ हजार २ सय ३६ मत प्राप्त गरेका छन् भने देउवाले २१ हजार १ सय ४८ मत प्राप्त गरेकी छन्।

६१ हजार ९ सय ३४ मत खसेकोमा अहिले सम्मको गणनामा २ हजार ७ सय ८४ मत बदर भएको छ।

यसै गरी कैलाली ५ मा जेलबाट निर्वाचन लडिरहेका राजपाका उम्मेदवार लक्ष्मण चौधरीले ६ हजार ४ सय ६४ मत प्राप्त गर्दा विवेकशील साझाका दिनेश भण्डारीले २ हजार ६ सय ४० मत प्राप्त गरेका छन्।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्