चुनाव जितेपछि महताेको धन्यवाद

धनुषा ३ मा विजयी भएपछि राजेन्द्र महताे। तस्बिर: देशसञ्चार।

जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा २ हजार ९ सय ३ मतान्तरले विजयी भएका राजपा नेपालका नेता राजेन्द्र महतोले निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवाद दिएका छन्।

नेता महतोले निर्वाचनमा खटिएका निर्वाचन कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्। विजयी घोषणा हुने लगतै हिजो राति साढे १२ बजे नै नेता महतोले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने सबैमा आभार व्यक्त गरेका थिए।

अहिले जनकपुरमा नेता महताेको विजय र्‍याली निकाल्ने तयारी भइरहेको छ।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्