उदयपुर-१ मा खड्कालाई मञ्‍जुको चुनौती

गाईघाट- उदयपुर क्षेत्र नम्बर १ मा नारायण खड्काको अग्रतालाई एमाले नेत्री मञ्‍जु चौधरीले चुनौती दिएकी छिन्।

प्रतिनिधिसभातर्फ एमालेबाट उम्‍मेदवार बनेकी चौधरीले १७ हजार ९ सय ७४ मत प्राप्त गर्दै चुनौती दिएकी हुन्। यस्तै उनका प्रतिद्वदन्द्वी कांग्रेसका उम्‍मेदवार नारायण खड्काले १७ हजार ९ सय २७ मत ल्‍याएका छन्।

खड्काले उक्त क्षेत्रबाट २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा निर्वाचित सांसद हुन् भने २०७० सालको निर्वाचनमा उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्