कांग्रेसभित्रकै असहयोगले हारिन् आरजु

धनगढी- प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसबाट  कैलाली ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजु देउवा पराजित भएकी छन्।

प्रधानमन्त्री पत्नी देउवा करिब ५ हजार मतान्तरले पराजित भएकी हुन्। बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले २७ हजार २ सय २ मत ल्याउँदा  आरजुले २२ हजार ३ सय २२ मत ल्याएकी छन्।

६१ हजार ९ सय ३४ मत खसेकोमा अन्तिम मतगणना सम्पन्‍न भए पनि आधिकारिक रुपले घोषणा हुन बाँकी छ।

कांग्रेसको बलियो पकड भएको कैलाली ५ मा आन्तरिक कलहका कारण पराजित हुनु परेको विश्लेषण गरिँदैछ। पूर्वमन्त्री एवम् कैलाली ५ का निवर्तमान सांसद पुष्करनाथ ओझाले गरेको असहयोगलाई  कांग्रेस पराजयको कारणका रुपमा लिइँदैछ।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्