धनुषा २ मा फोरम विजयी, ४ मा फोरम, १ मा बाम अगाडि

जनकपुरधाम

धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि संघीय समाजवादी फोरमका नेता उमाशंकर अडगरिया विजयी भएका छन्। अडगरिया २३ हजार ८ सय २२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता रामचन्द्र झाले १३ हजार ७ सय ७८ मत मात्रै प्राप्त गर्न सकेका छन्। यसैगरी नेपाली कांग्रेसका रामकृष्ण यादव ११ हजार ५ सय ५७ मत प्राप्त गरेका छन्।

धनुषा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका मातृका यादवले ८ हजार ४५४ मत ल्याएका छन् भने संघीय समाजवादी फोरमका दीपक कार्कीले ४९३४ मत ल्याएका छन्। नेपाली कांग्रेसका आनन्द ढुंगानाले ४८२७ मत प्राप्त गरेका छन्।

त्यस्तै धनुषा ४ मा संघीय समाजवादी फोरमका महाजन यादवले १२४०१ मत ल्याएका छन् भने बाम गठबन्धनका रघुवीर महासेठले १० हजार ५ सय १० मत ल्याएका छन्। त्यस्तै कांग्रेसका महेन्द्र यादवले १० हजार २८ मत ल्याएका छन्। धनुषा ४ क र ख प्रदेश सभाको  मतगणना अझै सुरु भएको छैन।

धनुषा २ ख मा संघीय समाजवादी फोरमका  रामआशिष यादवले ७ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनका रामचन्द्र मण्डलले २ हजार ९ सय १२ मत प्राप्त गरेका छन्। कांग्रेसका राजदेव यादवले २ हजार ५ सय ३१ मत प्राप्त गरेका छन्।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्