काठमाडौँबाट प्रदेशमा संग्रौला र श्रेष्ठ विजयी

काठमाडौं ६ को प्रदेश ख मा एमालेका योगेन्द्रराज संग्रौला १२ हजार ८ सय १२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्णुभक्त तिमल्सिनाले ७ हजार ९ सय १४ मत प्राप्त गरेका छन्। त्यसैगरी काठमाडौं ७ को प्रदेश ख मा एमालेका प्रकाश श्रेष्ठ ६ हजार २२ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मराज अर्यालले ५ हजार ३ सय २ मत प्राप्त गरेका र्नुभएको छन्।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्