५ मतले हारेका प्रदीप पौडेलद्वारा धाँधलीको आरोप

काठमाडौंः तनहुँ क्षेत्र नम्बर दुई ‘क’ प्रदेशसभा सदस्यका लागि उम्मेद्वार नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतगणनामा गडबडी भएको भन्दै आफ्नो क्षेत्रमा पुनःमतदानको माग गरेका छन् ।

५ मतले पराजित भएका पौडेलले कुल मत भन्दा ४२ मत बढी भेटिएपछि धाँधली भएको भन्दै मतगणना बदर गरी पुनः मतदानको माग सहित निर्वाचन कार्यालयमा निवेदन दिएका छन्। नेपाल विद्यार्थी संघका पूर्व सभापति पौडेल नेकपा माओवादी नेतृ आशा कोइरालासँग ५ मतले पराजित भएका हुन्। आशाले १६ हजार ६ सय ४६ मत पाउँदा पौडलले १६ हजार ६सय ४१ मत पाएका थिए।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्