पवित्रा बनिन् तेस्रो महिला सांसद

झापा (विर्तामोड)- झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमालेकी पवित्रा निरौला खरेल ४५ हजार ८ सय १७ मत ल्याएर विजयी बनेकी छिन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापाले ३२ हजार ५० मत ल्याए। प्रदेशसभा सदस्यमा एमालेका विर्ख प्रधान र एकराज कार्की निर्वाचित भएका छन् ।
यसअघि रुकुम पूर्वबाट कमला राेक्का र ललितपुर ३ बाट पम्फा भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।