अछाममा भीम रावल ७ हजारभन्दा बढी मतले विजयी
अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा एमाले नेता भीम रावल ७ हजार १ सय ६४ मतान्तरले विजयी भएका छन्।
उनले कांग्रेसका भरत स्वाँरलाई हराएका हुन्।
रावलले २४ हजार ८ सय ८३ मत ल्याउँदा स्वाँर १७ हजार ७ सय १९ मतमा खुम्चिएका छन्।