अछाममा सबै सिटमा एमाले
अछाममा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार सिटमै बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्यमा क्षेत्र नम्बर १ बाट एमालेका भीम रावल विजयी भएका छन् भने २ बाट एमालेका यज्ञबहादुर बोगटीले जित हात पारेका छन्।
क्षेत्र नम्बर २ मा एमालेका यज्ञबहादुर बोगटीले २१ हजा ९ सय ६५ मत ल्याएर जित हात पारेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुष्पबहादुर शाह १९ हजार १ सय ६ मत ल्याई पराजित भएका छन्।
अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा एमाले नेता भीम रावल ७ हजार १ सय ६४ मतान्तरले विजयी भएका छन्। उनले कांग्रेसका भरत स्वाँरलाई हराएका हुन्। रावलले २४ हजार ८ सय ८३ मत ल्याउँदा स्वाँर १७ हजार ७ सय १९ मतमा खुम्चिएका छन्।