अघिल्लो पटक रज्जाकले हराए, यसपटक रज्जाक हारे

छविलाल विश्वकर्मा।

भैरहवा- प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नं. १ मा नेपाली कांग्रेसका बहालवाला सरसफाइ राज्यमन्त्री एवं जिल्ला सभापति अब्दुल रज्जाक गद्दी पराजित भएका छन्। उनलाई वाम गठबन्धनको तर्फबाट छविलाल विश्वकर्माले ७ हजार ८ सय ६७ मत अन्तरले पराजित गरेका हुन्।

विश्वकर्माले ३४ हजार सात सय ५२ मत ल्याएका छन् भने अब्दुल रज्जाकले २६ हजार आठ सय ८५ मत प्राप्त गरेका छन् । विश्वकर्मा र रज्जाकबीचको प्रतिस्पर्धा पुरानो हो। दोस्रो संविधान सभाको निर्वाचनमा रज्जाकले विश्वकर्मालाई झिनो मत अन्तरले पराजित गरेका थिए।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्