प्रचण्ड ८ हजार मतले अगाडि

पुष्पकमल दाहाल।
चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ८ हजार ४ सय १३ मतले अघि छन्।
उनले ३२ हजार ६ सय ७३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डेले २४ हजार २ सय ६० मत पाएका छन्।
९३ हजार ८ सय २३ मत खसेको चितवन क्षेत्र नम्बर ३ मा अब ३२ हजार मत गन्न बाँकी छ।