प्रचण्डकी बुहारी बिना कञ्चनपुरबाट निर्वाचित

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी साझा उम्मेदवार बिना मगर विजयी भएकी छिन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा कांग्रेसका दिवानसिंह बिष्टले १९ हजार २ सय १९ मत ल्याएका थिए।
बिष्ट १९ हजार २ सय ४८ मतान्तरले पराजित भएका हुन्।
मगरलाई बिष्टले २०७० सालको संविधान सभा निर्वाचनमा पराजित गरेका थिए।