एनपी साउद पराजित

कञ्चनपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउँद कञ्चनपुर क्षेत्र नम्बर २ बाट पराजित भएका छन्।
बाम गठबन्धनमा संयुक्त उम्मेदवार एमालेका नरबहादुर धामीले साउदलाई ८ हजार ३ सय २७ मतान्तरले पराजित गरेका हुन्।
धामीले ३३ हजार २ सय २० मत ल्याउँदा कांग्रेसका साउँदले २४ हजार ८ सय ९३ मत ल्याएका थिए।
साउद २०५६ को आम निर्वाचन साविक कञ्चनपुर १ र दोश्रो संविधान सभा निर्वाचनमा र २ बाट निर्वाचित भएका थिए भने उनले २०५१ को मध्यावधि निर्वाचनमा साविक कञ्चनपुर ३ र पहिलो संविधान सभा निर्वाचनमा साविक कञ्चनपुर २ बाट पराजित भएका थिए।
धामी दोश्रो संविधान सभा निर्वाचनमा साविक कञ्चनपुर २ बाट कांग्रेसका बहादुरसिंह थापा सँग पराजित भएका थिए।
हालको निर्वाचनमा थापा कञ्चनपुर २ ‘ख’ मा प्रदेश सभा उम्मेदवार थिए। थापालाई बाम गठबन्धनका उम्मेदवार लाल बहादुर खड्काले ४ हजार ५ सय ३४ मतान्तरले पराजित गरे।
कांग्रेसका थापाले ११ हजार ८ सात ५१ मत ल्याउँदा खड्काले १६ हजार ३ सय ८५ मत ल्याएका थिए। यस्तै प्रदेश सभा २ ‘क’ मा पनि बाम गठबन्धनका उम्मेदवार महेश प्रसाद जोशी ५ हजार २ सय १० मतान्तरले विजयी भएका छन्।
जोशीले १७ हजार ६ सय ७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार पुष्कर राज ओझाले १२ हजार ४ सय ६२ मत प्राप्त गरेका थिए।
क्षेत्र नम्बर १ मा पनि बाम गठबन्धन विजयी
कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी साझा उम्मेदवार बिना मगर विजयी हुँदा प्रदेश सभाका दुवै सिटमा बाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन्।
प्रदेश सभा १ ‘क’ एमालेका जिल्ला अध्यक्ष तारा लामा तामाङले नेपाली कांग्रेसका उम्मेदवार गोपाल सिंह गुरुङलाई दोब्बर बढी मतान्तरले पराजित गरेका छन्।
लामा १० हजार ७ सय २५ मतान्तरले बिजयी भएका हुन्।
बाम गठबन्धनका लामाले २० हजार १५ मत ल्याउँदा कांग्रेसका गुरुङले ९ हजार २ सय ९० मत ल्याएका छन्।
प्रदेश सभा २ ‘ख’ मा बाम गठबन्धनका कुलबीर चौधरीले नेपाली कांग्रेसका रामलाल रानालाई ५ हजार ८ सय ५३ मतान्तरले पराजित गरेका छन्।
चौधरीले १४ हजार ४ सय ९० मत ल्याउँदा कांग्रेसका रानाले ८ हजार ६ सय ३७ मत ल्याएका थिए।