कास्कीमा समानुपातिकको मत गणना सुरु

पोखरा-  कास्कीमा प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत परिणाम आएको एक दिनपछि समानुपातिक तर्फको मत गणना सुरु भएको छ।

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रत्यक्षतर्फ प्रतिनिधसभामा ३ र प्रदेश सभामा ५ गरी ८ वटामा बाम उम्मेदवारले जित हासिल गरेका छन्। प्रदेश २(क) नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । २३ गते रातिसम्म प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको नतिजा आएको थियो।
सर्वदलीय बैठकको निर्णयले सोमबार बिहानबाट समानुपातिकको मत गणना सुरु गर्ने निर्णयसँगै अहिले ८.३० बाट मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन आयोगका पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए। समानुपातिकको गणना तीन दिनसम्म सकिने उनले जानकारी दिए। कास्कीमा प्रतिनिधि सभामा ४९ र प्रदेश सभाका लागि २० दल छन्।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्