समानुपातिक मत परिणाम: एमाले पछ्याउँदै कांग्रेस

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ बाम गठबन्धन देशब्यापीरुपमा हाबी भए पनि समानुपातिकतर्फ भने कांग्रेसको उपस्थिति बलियो देखिएको छ। प्रत्यक्षतर्फ गठबन्धन गरे पनि समानुपातिकतर्फ दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गरेका छन्।

प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ एमालेलाई कांग्रेसले कडा टक्कर दिएको छ।

हालसम्मको मतगणनामा एमालेले ३ लाख २७ हजार दुई सय १७ मत ल्याएको छ। यसैगरी कांग्रेसले ३ लाख २४ हजार पाँच सय ६८ मत ल्याएको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले एक लाख ५९ हजार ६ सय ८६ मत ल्याएको छ। मधेशकेन्द्रित राष्ट्रिय जनता पार्टीेले २४ हजार आठ सय ३९ र विवेकशील साझा पार्टीले १६ हजार दुई सय १९ मत ल्याएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजार ५९, संघीय समाजवादी फोरम नेपालले १३ हजार ८ सय ७०, नयाँ शक्ति पार्टी नेपालले १० हजार ६ सय ३४ र राष्ट्रिय जनमोर्चाले ५ हजार ५ सय ४५ मत ल्याएको छ। निर्वाचन आयोगका अनुसार अन्य पार्टीको नाममा १९ हजार ४ सय ४२ मत झरेको छ।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्