जन्मदिनमै प्रचण्डलाई जितको उपहार

चितवन- चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा साेमबार निर्वाचित पुष्पकमल दाहालको जन्मदिन संयोगवश साेमबार नै परेको छ।

सरकारी रेकर्डअनुसार प्रचण्ड १९५४ डिसेम्बर ११ मा जन्मिएका हुन्। तदअनुसार मंसिर ११, २०११ मा जन्मिएका हुन्। प्रचण्ड ६३ वर्ष पुगेका छन्। नेपाली तिथिअनुसार उनको जन्मदिन मंगलबार हो।

चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष दाहालले निकटतम प्रतिद्वन्द्वी तथा कांग्रेस समर्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले पराजित गरेका थिए। दाहालले ४८ हजार २ सय ६९ मत ल्याएका छन् भने पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याएका छन्।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्