उदयपुर क्षेत्र १ बाट खड्काको ह्याट्रिक

गाईघाट- उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५ सय ९४ मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

कांग्रेसका डा. खड्काले चाैधरीलाई ५ सय ४८ मतको अन्तरमा पराजित गरेको हो ।

खड्काले २०६४ सालदेखि हालसम्म निरन्तर तीन पटक उदयपुरको क्षेत्र नं १ बाट विजय हासिल गर्दै यो पटक ह्याट्रिक गरेको छ ।

अहिलेसम्मको मत परिणाम हेर्दा क्षेत्र नं. २ वाम गठबन्धनको कब्जामा गएको छ भने क्षेत्र नं. १ मा प्रदेशसभा (ख) २ र प्रतिनिधिसभामा कांग्रेस विजय हासिल गरेको छ भने क्षेत्र नं. १ कै (क) १ प्रदेशसभामा वाम गठबन्धनको विजय भएको छ।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्