‘मोस्ट वान्टेड’ रेशम धेरै अघि

रेशम चौधरी।
कैलाली क्षेत्र नम्बर १ मा प्रहरीका ‘मोस्ट वान्टेड’ सूचीमा रहेका रेशम चाैधरीले २० हजार १ सय २२ मतसहित आफ्ना प्रतिष्पर्धीहरुलाई धेरै पछि पारिदिएका छन्।
एमालेकी गरिमा शाहले ७ हजार ८५ मत ल्याएकी छन्। त्यस्तै कांग्रेसकी ईश्वरी न्यौपानेले ६ हजार १६ मत प्राप्त गरेकी छन्। स्रोतका अनुसार भारतीय गाउँमा लुकेर बसेका चाैधरीले आफू जिते सिंहदरबारको ढाेका खुल्ने भिडियो सन्देश केही दिनअघि सार्वजनिक गरेका थिए।