उपराष्ट्रपति पुत्रको अवस्था खतरामुक्त

उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन सडक दुर्घटनामा घाइते भई ग्रान्डी अस्पतालमा उपचार गराउँदै।

रोल्पामा सडक दुर्घटनामा परी हेलिकप्टरबाट आइतबार बेलुकी काठमाडौँस्थित ग्रान्डी अस्पताल ल्याइएका उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको अवस्था चिन्तामुक्त रहेको अस्पतालले जानकारी दिएको छ।

उनको टाउकोमा चोट लागेको र अवस्था चिन्तामुक्त रहेको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले देशसञ्चारलाई जानकारी दिए। उनलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने समेत चिकित्सकले जानकारी दिए।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्