मेसीको गोलले बार्सा विजय यात्रामा (फोटो फिचर)

म्याड्रिड-लियोनल मेसीले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा दुई खेलपछि जित हात पारेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-० गोलले हरायो।

अघिल्ला दुवै खेलमा बराबरीमा रोकिएको बार्सिलोनाले प्रतियोगिताको यो सिजन अपराजित यात्रा पनि कायम राखेको छ।

बार्सिलोना १५ खेलबाट १२ जित र तीन बराबरीको नतिजासहित ३९ अंक जोडेर शिर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको भ्यालेन्सियाले समान खेलपछि ३४ अंक जोडेको छ । भिल्लारियलको मैदानमा भएको खेलमा लुईस स्वारेज ७२ र मेसीले ८३ औं मिनेटमा गोल गरेका थिए ।

बार्सिलोनालाई खेल जित्न भने सहज भएन । भिल्लारियल ६० औं मिनेटमा १० खेलाडीमा समेटिएपछि बार्सिलोना हाबी भएको थियो । मेसीले यो सिजन घरेलु लिगमा १४ गोल गरेका छन् । उनीभन्दा पछाडि भ्यालेन्सियाका सिमोन जाजा १० गोलसहित दोस्रो स्थानमा छन् ।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्