सिरहा- सिरहा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदिप गिरी निर्वाचित भएका छन्। गिरीले बाम गठबन्धनका गंगाप्रसाद यादवलाई २ हजार ५ सय ८० मतान्तरले पराजित गरेका हुन्।

गिरीले २३ हजार ९ सय ५१ मत ल्याउँदा यादवले २१ हजार ३ सय ७१ मत ल्याएका थिए।

रुपान्तरित व्यवस्थापिका संसदमा राप्रपा नेपालबाट उप-सभामुख भएका यादव संसद विगठनको भोलिपल्टै नेकपा एमालेमा प्रवेश गरेका थिए।

प्रदेश नम्बर २ का धेरै क्षेत्रहरुमा राजपा र संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको बेला सिरहा-१ मा संघीय समाजवादी फोरम नेपालका राजलाल यादव तेस्रो स्थानमा छन्। उनले १३ हजार ३ सय ५१ मत प्राप्त गरेका छन्।

गिरी पहिलो र दोश्रो संविधान सभामा समानुपातिक सांसद थिए।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्