प्रेम सुवाल जितको नजिक
भक्तपुर- नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुर-१ मा यस पटक पनि उक्त पार्टीको विजययात्रा नरोकिन संकेत देखिएको छ।
भक्तपुर १ मा ३ हजार मतगणना गर्न बाँकी रहँदा नेमकिपाका उम्मेदवार प्रेम सुवाल करिब १५ हजार मतान्तरले अगाडि छन्।
नेमकिपाका सुवालसँग नेपाली कांग्रेसका बाबुराजा जोशी र बाम गठबन्धनका मिलन सुवालले प्रतिस्पर्धा गरेका थिए।
नेमकिपाका सुवालले ३३ हजार ७६ मत ल्याउँदा कांग्रेसका जोशीले १७ हजार ८ सय १८ मत र बाम गठबन्धनका सुवालले १५ हजार ७ सय ७४ मत ल्याएका छन्। २०४८ साल देखि भक्तपुर १ मा जित्दै आएका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे यो निर्वाचनमा उम्मेदवार नभएकाले भक्तपुर १ मा कसले बाजी मार्ने भनेर चासोका साथ हेरिएको थियो।