नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर- नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुर-१ बाट उक्त पार्टीका उम्मेदवार प्रेम सुवाल विजयी भएका छन्।

नेमकिपाका सुवाल ३३ हजार ७६ मत ल्याएर विजयी भएका छन्। कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मत ल्याएका छन्।

बाम गठबन्धनका मिलन सुवालले १५ हजार ७ सय ७४ मत ल्याएका छन्।

२०४८ साल देखि भक्तपुर १ मा जित्दै आएका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे यो निर्वाचनमा उम्मेदवार नभएकाले भक्तपुर १ मा कसले बाजी मार्ने भनेर चासोका साथ हेरिएको थियो।

 

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्