सर्लाही– पशुपंक्षी विकास राज्‍यमन्त्री शम्‍भुलाल श्रेष्ठ सर्लाहीबाट पराजित भएका छन्। उनी तेस्रो स्थानमा खुम्चिएका हुन्। सर्लाही-१ बाट कांग्रेस उम्‍मेदवार बनेका श्रेष्ठले १८ हजार ३ सय २५ मत ल्‍याए।

यहाँबाट राजपाका प्रमोद साह २२ हजार ३६ मतसहित विजयी भएका छन् । बाम गठबन्धनका उम्मेदवारलाई ५ सय ७१ मतले पछि पर्दै साह निर्वाचित भएका हुन्।

साहका निकटतम प्रतिद्वन्दी बाम गठबन्धनका उम्मेदवार ध्रुबप्रसाद गौतमले २१ हजार ४सय ६५ मत प्राप्त गरे भने पशुपन्छी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठ तेस्रो नम्बरमा रहे। उनी माओवादी पार्टी परित्‍याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्