१ सय ४७ सिटको नतिजा आयो, ७४ एमालेलाई

काठमाडौं- प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये एक सय ४७ सिटका विजेताको टुंगो लागिसकेको छ। अब १८ सिटमा विजेताको टुंगो लाग्न बाँकी छ।

निर्वाचन आयोग कार्यालय अनुसार नेकपा एमालेले ७४ सिट जितेको छ भने आठ स्थानमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले २९ स्थानमा जित हात पारेको छ भने सात स्थानमा अग्रता लिइरहेको छ। नेपाली कांग्रेसले २१ स्थानमा जित हात पारेको छ।

संघीय समाजवादी फोरमले १० स्थानमा जितेको छ। राष्ट्रिय जनता पार्टी (राजपा)ले आठ स्थानमा जित र तीन स्थानमा अग्रता लिएको छ।

हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् भने नयाँ शक्ति, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाले एकएक स्थानमा विजय हासिल गरेका छन्।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्