समानुपातिकमा कांग्रेस-एमाले हाराहारी

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ बाम गठबन्धन देशब्यापीरुपमा हाबी भए पनि समानुपातिकतर्फ कांग्रेसको उपस्थिति बलियो देखिएको छ। प्रत्यक्षतर्फ गठबन्धन गरे पनि समानुपातिकतर्फ दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गरेका छन् । प्रतिनिधि सभातर्फको समानुपातिकतर्फ एमालेलाई कांग्रेसले कडा टक्कर दिएको छ। एमालेले कांग्रेसभन्दा २० हजारभन्दा बढी मत प्राप्त गरेको छ ।

हालसम्मको मतगणनामा एमालेले चार लाख ४३ हजार ५ सय ३ मत ल्याएको छ। यसैगरी कांग्रेसले चार लाख २५ हजार ७६ मत ल्याएको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले दुई लाख चार हजार सात सय ५७ मत ल्याएको छ । मधेशकेन्द्रित राष्टिय जनता पार्टीेले २५ हजार ५ सय ९८ र विवेकशिल साझा पार्टीले २२ हजार सात सय २७ मत ल्याएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ हजार सात सय ८८, संघीय समाजवादी फोरम नेपालले १८ हजार २ सय ४५, नयाँ शक्ति पार्टी नेपालले १८ हजार ८६ र राष्टिय जनमोर्चाले सात हजार १६ मत ल्याएको छ । राप्रपा प्रजातान्त्रिकले नौ हजार एक सय १२ मत ल्याएको छ।

निर्वाचन आयोगका अनुसार अन्य पार्टीको नाममा २७ हजार नौ सय ३५ मत झरेको छ।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्