राहुल गान्धी बने भारतीय कांग्रेस अध्यक्ष

भारतीय कांग्रेस अध्यक्ष चुनिएका राहुल गान्धी।
राहुल गान्धी भारतीय कांग्रेसको अध्यक्ष चुनिएका छन्। योसँगै भारतीय कांग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ। गान्धी शनिबार अध्यक्षको पदमा औपचारिक रुपमा आसिन हुनेछन्।
कांग्रेस पार्टीले सोमबार दिउँसो तीन बजे गान्धीलाई अध्यक्ष बनाउने घोषणा गरेको हो। उनकी आमा तथा सबैभन्दा लामो समय कांग्रेस पार्टीकी अध्यक्ष रहेकी सोनियाले शनिबार आफ्ना छोरालाई पद हस्तान्तरण गर्नेछिन्। ४७ वर्षीय गान्धी नेहरु–गान्धी परिवारबाट भारतीय कांग्रेसको अध्यक्ष बन्ने छैँटो व्यक्ति हुन्।