कामचलाउ सरकारले गरेका निर्णय मान्दैनाैँ: एमाले

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चलचित्र विकास बोर्डमा अध्यक्ष र गोरखापत्र स‌ंस्थानमा महाप्रवन्धक नियुक्त गरेकामा निर्वाचनमा सफलता हासिल गरिरहेको बाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले अापत्ति जनाएको छ।

कामचलाउ हैसियतमा सीमित भएको सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको भन्दै आपत्ति जनाएको हो। एमाले महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा अहिलेको सरकारले गरेका निर्णयहरु आगामी सरकारले निरन्तरता नदिनेसमेत उल्लेख गरिएको छ।

 

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्