रेशम चौधरी जित्ने निश्चित

कैलाली- कैलाली क्षेत्रले नम्बर १ को प्रतिनिधि सभा सदस्यमा टीकापुर हत्याकाण्डमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेशम चौधरीको विजय सुनिश्चित भएको छ। अब केही मत गन्न र अौपचारिक घोषणा गर्न मात्रै बाँकी छ।
राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरीले २८ हजार १ सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका गरिमाकुमारी शाह १० हजार ७ सय ७६ मत पाएकी छन्। त्यस्तै कांग्रेसकी ईश्वरी न्यौपानेले ८ हजार ८ सय ७९ मत प्राप्त गरेकी छन्।

 

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्