मोस्ट वान्टेड रेशम चाैधरी विजयी

रेशम चौधरी।
कैलाली क्षेत्र नम्बर १ बाट प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका रेशम चौधरी विजयी भएका छन्।
राष्ट्रिय जनता पार्टीका उम्मेदवार चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएर विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गरिमाकुमारी शाहले १३ हजार ६ सय ४ मत पाएकी छन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत पाइन्।