२५८ मतले हारे रमेश लेखक
कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट एमालेका डा. दीपकप्रकाश भट्ट २६ हजार ३ सय ६४ मतसहित निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका रमेश लेखकलाई २५८ मतले हराएका हुन्। लेखकले २६ हजार १ सय ६ मत पाए।
कञ्चनपुर प्रदेश सभा ३ को क मा प्रकाश रावल (एमाले) १२८१७ मत सहित निर्वाचित भएका छन्। कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७ सय ५४ मत पाएका छन्। जाेशी ६३ मतान्तरले पराजित भएका हुन्।
कञ्चनपुर प्रदेश सभा ३ को ख मा मानबहादुर सुनार (माओवादी) १३ हजार ७ सय मतसहित निर्वाचित भएका हुन्। कांग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५ सय ३९ पाएका छन्। राना १ सय ६१ मतान्तरले पराजित भएका छन्।