कास्कीमा सुन्तला उत्पादनमा कमी

फाइल तस्बिर

पोखरा-यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ। सुन्तला बगैँचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए।

गत वर्ष छ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष छ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको छ ।

जिल्लामा एक हजार ३५० हेक्टर क्षेत्र सुन्तला उत्पादनशील भए पनि ७८० हेक्टरमा मात्रै सुन्तला खेती गरिएको छ।

यस वर्ष सुन्तला प्रतिकिलो रु ५५ का दरले बिक्री भइरहेको छ । किसानले करिब रु तीन करोड ५० लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

जिल्लाका कृस्तिनाच्‍नेचौर, निर्मलपोखरी, पुम्दीभुम्दी, भरतपोखरी, थुम्की र सल्यानमा सुन्तला उत्पादन पर्याप्त मात्रामा हुने गर्दछ।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्