वालिङ-स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएका छन्। नेकपा(एमाले) जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन्।

गुरुङले २० हजार २४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रसका गिरीले १४ हजार ५१० मत प्राप्त गरेका हुन्। यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो ।

यसअघि स्याङ्जा १ प्रदेशसभा(क) मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भइसकेका छन्। स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्