गच्छदारबिरुद्ध चौधरीको अग्रता कायमै
सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अहिले सुचारु भएको छ।
२४ घण्टाभन्दा लामो समयको अन्तरालपछि दिउँसोबाट सुरु गरिएको गणनामा संयुक्त बामगठबन्धनको प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले १ सय ७४ मतको अग्रता कायम राखेकी छिन्।
मतदान अधिकृतले जारी गरेका सूचनाअनुसार चौधरीको ३० हजार ९ सय ११ मत पाएकी छिन् भने नेपाली कांग्रेसका उम्मेदवार एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारको ३० हजार ७ सय ३७ मत छ।