अमरेश सिंह निर्वाचित

फाइल फोटो
सर्लाही- सर्लाही क्षेत्र नम्बर४ बाट नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनले प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राशेक कुमार मिश्रलाई १ हजार ५ सय ३९ मत अन्तरले पराजित गरेका हुन्।
सिंहले २९ हजार ६ सय ७५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मिश्रले २८ हजार १ सय ३६ मत ल्याएका छन्।