विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

साङ्केतिक तस्बिर

पोखरा-विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्र कार्यालयका कर्मचारी ईश्वरप्रसाद सुवेदी २५ हजार घूससहित पक्राउ परेका छन्। मंगलबार दिउँसो सुवेदीलाई अख्तियारको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो।

सेवाग्राहीले गत असोजमा निवेदन दिँदा पनि घूस मागेपछि सुवेदी विरुद्ध अख्तियारमा उजुरी दिएका थिए। कृषिफर्म चलाउने ग्रामीण इलाकाका ती सेवाग्राहीको नाम भने अख्तियारले सार्वजनिक गरेको छैन ।

अख्तियारले सेवाग्राहीकै सहयोगमा पैसाको बिटोसहित पठाएर बिजुली कर्मचारी सुवेदीलाई पक्राउ गरेको अख्तियारल जनाएको छ। यसअघिमात्रै सिँचाइका इन्जिनियर गोविन्द भुर्तेललाई अख्तियारले ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको थियो।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्