
ईश्वर जुलुस
काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार आफ्ना क्षेत्रका मतदातालाई धन्यवाद दिँदै विशाल विजय जुलुस आयोजना गरेका छन्।
उनको विजयजुलुस लैनचौरबाट सुरु भई काठमाडौं ५ नम्बर क्षेत्रका अधिकांश ठाउँमा पुगेको थियो। जुलुसमा मोटरसाइकल र गाडी प्रयोग गरिएको थियो। उनले गाडीबाटै मतदातालाई नमस्कार गरेर धन्यवाद व्यक्त गरेका थिए।