अर्कोपटक जनताको मन जित्छौँः पशुपतिशमशेर

पशुपतिशमशेर राणा। फाइल तस्बिर।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रवादीका अध्यक्ष पशुपतिशमशेर जबराले यसपटकको निर्वाचन परिणाम आफ्नो पार्टीको पक्षमा नआए पनि आगामी चुनावमा जनताको मन जित्न नयाँ भूमिका र संकल्पसहित सक्रिय रहने बताएका छन्।
जबराले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टीप्रति कार्यकर्ताले देखाएको निष्ठाप्रति आभार एवम् धन्यवाद प्रकट गरेको छ।