गच्छदार ५१९ मतले अगाडि
करिब छ हजार मत गन्न बाँकी रहँदा सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा उपप्रधानमन्त्री विजय गच्छदारले अग्रता लिएका छन्।
पछिल्लो ताजा परिणामअनुसार गच्छदारले ३६ हजार ८० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भगवती चाैधरी ३५ हजार ५ सय ६१ मतका साथ पछ्याइरहेकी छन्। गच्छदार ५१९ मतसाथ अगाडि छन्।
यसअघि भगवतीले लगातार अग्रता लिँदै अाइरहेकी थिइन्। नाैवटा मतपत्रको अर्धकट्टी भेटिएपछि छानबिनको मागसहित भगवतीले मत गणना बहिस्कार गरेकी थिइन्।