विजयकुमार गच्छदार विजयी

सुनसरी– सुनसरी क्षेत्र नम्बर ३बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार निर्वाचित भएका छन्।
गच्छदार निकटतम प्रतिद्वन्द्वी एमालेकी नेत्री भगवती चौधरीलाई ३ सय २१ मतान्तरले हराउँदै विजयी भएका हुन्।
गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्याएका छन् भने भगवती चौधरीले ३८ ६ सय ५१ मत ल्याइन्। यसअघि मतगणनामा भगवतीले लगातार अग्रता लिँदै आइरहेकी थिइन्।
नौ वटा मतपत्रको अर्धकट्टी भेटिएपछि छानबिनको मागसहित भगवतीले मत गणना बहिस्कार गरेकी थिइन्।
विजयको विजयीसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ।
२०४८ सालदेखि निरन्तर निर्वाचनमा निर्वाचित हुँदै आएका गच्छदारको राजनीतिक जीवनमा यो छौठो अपराजित जीत हो।