म्यान सिटीको लगातार १५ औं जित

म्यान्चेस्टर सिटीका डेभिड सिल्भा लगातार तेस्रो खेलमा गोल गर्दै। तस्बिर: एजेन्सी

लन्डन- इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सनसनीपूर्ण प्रदर्शन कायमै राखेको छ।

बुधबार राति भएको खेलमा स्वान्सीलाई ४–० गोलले हराएको म्यान सिटीले प्रतियोगितामा लगातार १५ औं जित हात पारेको हो। म्यान सिटी घरेलु लिगमा लगातार सबैभन्दा बढी खेल जित्ने एकमात्र टोली हो।

स्वान्सीको मैदानमा भएको खेलमा म्यान सिटीका डेभिड सिल्भाले दुई तथा केभिन डे ब्रुन र सर्जियो एगुएरोले एक एक गोल गरे। १७ खेलबाट ४९ अंक जोडेको म्यान सिटी शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले १७ खेलबाट ३८ अंक जोडेको छ। १७ खेलपछि चेल्सीको ३५, टोट्टनहामको ३१, लिभरपुलको ३१ र आर्सनलको ३० अंक छ।

बुधबार राति भएका अन्य खेलमा म्यान युनाइटेडले बर्नमाउथलाई १–० , टोट्टनहामले ब्रिघ्टनलाई २–० गोलले हरायो भने लिभरपुल वेस्टब्रुमसँग गोलरहित बराबरीमा रोकियो। म्यान सिटी घरेलु लिगमा यो सिजन एकमात्र अपराजित टोली हो।

मंसिर २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्