को हुन् मार्समेलो जसका कारण ‘डे जा भु’मा तोडफोड भयो

काठमाडौं– विख्यात डिजे मार्समेलो नआउँदा उनका लागि टिकट काटेका दर्शकहरु बुधबार राति राजधानीको दरबारमार्गस्थित क्लब ‘डेजाभु’ मा आक्रोशित भए र तोडफोडमा उत्रिए।
को हुन् मार्समेलो ?
डिजेइङ गर्दा पनि मार्समेलोको टाउकोमा हेल्मेट नै हुन्छ। उनको वास्तविक नाम के हो, न उनले भनेका छन्, न अरुले छुट्याउन सकेका छन्। दुई वर्षको छोटो समयमा यी अमेरिकीले ठूलो फड्को मारेका छन्। विश्वभर उनका करोडौं फ्यान रहेको बताइन्छ।
राजधानीको चर्चित नाइट क्लब ‘डेजाभु’मा बुधबार मध्यरात उनी नआएपछि आक्रोशित दर्शकले तोडफोड गरेका हुन्। तोडफोडबारे थाहा पाएपछि मार्समेलोले ट्विटरमा लेखेका छन्ः
Nepal. I’m so sorry for not being able to appear for my performance last night at Deja Vu ktm. I was sick with an awful fever, & although I tried to come, the doctor ordered against it. Health first. I love you Nepal Mellogang, thank you for understanding & hope to see you soon.
— marshmello (@marshmellomusic) December 13, 2017
नेपाल। हिजो राति काठमाडौँको डेजाभुमा आफ्नो प्रस्तुति दिन नसकेकामा क्षमा चाहन्छु। मलाई धेरै ज्वरो आएको थियो। म आउन चाहँदा डाक्टरले दिएनन्। स्वास्थ्य पहिला आउँछ। म तपाईँहरुलाई माया गर्छु। बुझिदिनुभएको धन्यवाद। फेरि आउनेछु।