काठमाडौं– २६औँ अपाङ्गता दिवसको अवसरमा विहीबार राजधानीमा र्‍यालीको आयोजना गरिएको छ।

उक्त दिवस डिसेम्बर ३ तारिखमा पर्ने भए पनि प्रतिनिधिसभा र प्रदेशसभाका कारण बिहीबार आयोजना गरिएको हो। प्रज्ञा भवनबाट सुरु भएको र्‍याली लैनचौर, समाजकल्‍याण परिषदमा पुगेर सभामा परिणत भएको थियो।

र्‍यालीमा ‘अपाङ्गता नियमावली चाँडै पास गरियोस्’, ‘अपाङगताका हरेक सवालहरुलाई राज्‍यको हरेक निकायमा प्राथमिकताका साथ राखियोस्’ भन्‍ने पम्प्लेट सहभागीहरुले बोकेको थिए।