दुर्घटना बढेपछि सडकमै होम

फाइल फोटो
इटहरी-कोशी राजमार्गअन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै बिहीबार वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन् ।
स्वस्ति शान्तिसहितको होमले सवारी दुर्घटनामा कमी आउने स्थानीयवासीको विश्वास छ। सडक दुर्घटना नहोस् भन्ने कामनासहित सडकमै होम लगाइएको नवजागृति टोल विकास संस्थाका पदाधिकारीले बताएका छन् ।
अहिले कोशी राजमार्गअन्तर्गतको इटहरी सडकखण्डमा रहेका प्रायः सबै सडकमा खाल्टाखुल्टी मिलाउने कार्य भइरहेको छ।