विवेकशीलको मत झन्डै २ लाख

काठमाडौँ- पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायम राखेको छ।

विवेकशील साझा पार्टीले १ लाख ९७ हजार मत प्राप्त गरेकाे छ।निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार एमालेले  २९ लाख ४० हजार ४०, नेपाली काँग्रेसले २८ लाख ५७ हजार, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ८२ हजार तथा संघीय समाजवादी फोरम नेपालले चार लाख १५ हजार मत प्राप्त गरेका छन्।

त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले तीन लाख ७७ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८८ हजार मत प्राप्त गरेका छन्।

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्