राष्ट्रपतिलाई गाली गर्नेको रिहाइ माग्दै आन्दोलन

विवेक बाँनियालाई रिहायको माग गर्दै त्रिचन्द्र अगाडि आन्दोलन गर्दै नेविसंघका विद्यार्थी। तस्बिर: वर्षा शाह
काठमाडौँ- नेपाल विद्यार्थी संघले त्रिचन्द्रका विद्यार्थी विवेक बानियाँलाई रिहाइको माग गर्दै आधा घण्टा सडक अवरुद्ध गरेको छ।
संघले त्रिचन्द्र क्याम्पस अगाडि चक्का जाम गर्दै बानियाँको रिहाइको माग गरेको हो।
संघले बानियाँलाई तत्काल रिहाइ नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपशब्द गाली गरेको भन्दै प्रहरीले बानियाँलाई काठमाडौंबाट पक्राउ गरेको थियो।
बानियाँ नेविसंघ निकट विद्यार्थी हुन्। उनले सामाजिक संजाल फेसबुकमा राष्ट्रपतिलाई अमर्यादित र अशोभनीय स्टाटस लेखेकाले प्रहरीले पक्राउ गरेको थियो।