समानुपातिकको गणना अन्तिम चरणमा,  करोड मत गनिसकियो

समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ। गणना भएको ९० लाख ७८ हजार ६ सय ७६मत मध्य नेकपा एमालेले ३० लाख ४९ हजार ५ सय ७५  मत प्राप्त गरेको छ। यस गरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २९ लाख ७६ हजार ४४  मत ल्याएको छ।

समाचार तयार पार्दा माओवादी केन्द्रले १२ लाख ३५ हजार २ सय ८१ मत ल्याउँदा संघीय समाजवादी फोरमले ४ लाख ४३ हजार ३ सय ७१ मत र राष्ट्रिय जनता पार्टीले ४ लाख २७ हजार ३ सय १९ मत ल्याएको छ।

पछिल्लो मत परिणाम अनुसार विवेकशील साझा र राप्रपाले ३ प्रतिशत मत ल्याउने सम्भावना कम हुँदै गएको छ। विवेकशीलले २ लाख ३ हजार मत ल्याउँदा राप्रपाले १ लाख ९१ हजार मत ल्याएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बदर मतलाई समेत जोड्दा ९७ लाख बढी मत गणना भइसकेको जानकारी दिए। उनले शुक्रबार बेलुकासम्म समानुपातिकको गणना सम्पन्न हुने बताए।

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्